नेपाल चेम्बर अफ कमर्सद्धारा आगामी वर्षको राजश्व नीति तर्जुमाका लागि रायसुझाव पेस गर्न आग्रह

मंगलबार, ३० फागुन २०७९, १४ : ०२

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८०–८१ को राजश्व नीति तर्जुमाका लागि सरोकारवालासँग रायसुझाव पेस गर्न आग्रह गरेको छ। 

चेम्बरले राजश्व नीति तर्जुमाका लगि नेपाल सरकारको अर्थ मन्त्रालयसमक्ष सुझाव पठाउने गर्छ। त्यसका लागि चेम्बरले सरोकारवालासँग रायसुझाव माग गरेको हो। 


चेम्बरले राजश्व नीति तर्जुमाका लागि भन्सार, आयकर, मूल्य अभिवृद्धि कर, अन्तशुल्कलगायतका आर्थिक नीतिमा सुधार हुनुपर्ने अन्य विषयका बारेमा समेत रायसुझाव पठाउन आग्रह गरेको छ। 

रायसुझाव आउँदो चैत १४ गतेसम्म पठाउन चेम्बरले आग्रह गरेको छ।

मंगलबार, ३० फागुन २०७९, १४ : ०२

प्रतिक्रिया