लक्ष्मी कमर्शियल भेहिकलद्धारा निःशुल्क सर्भिस क्याम्प संचालन

मंगलबार, ३० फागुन २०७९, १४ : ०५

काठमाडौं-  लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकलले एसएमएल इसुजुका गाडीहरूको लागि एकहप्ते निःशुल्क सर्भिस क्याम्प संचालन गर्ने भएको छ ।

कम्पनीले फागुन २९ देखि चैत ४ गतेसम्म काठमाडौंको गुर्जुधारास्थित जीएफआई सर्भिस सेन्टरमा उक्त क्याम्प संचालन गर्ने भएको हो ।

उक्त क्याम्पमा सबै पार्टपूर्जाको निःशुल्क चेकजाँच, विशिष्टिकृत मर्मत सम्भारमा लाग्ने लेबर चार्ज र स्पेयर पार्टसहरू ५० प्रतिशतसम्म छुट, लुब्रिकेन्टहरूमा १५ प्रतिशत छुटका साथै क्याम्पमा आउने ग्राहकलाई विशेष गिफ्टहरू प्रदान गरिने छ ।


सर्भिस क्याम्पकै अवधिमा कम्पनीले चालकहरूका लागि विशेष किसिमको तालिमको पनि व्यवस्था गरेको छ । गाडीहरूमा भएको परिवर्तन र सञ्चालन विधि सम्बन्धी तालिम सञ्चालन गरिने छ ।

यो सर्भिस क्याम्पमा आफ्ना एसएमएल इसुजुका गाडीहरू ल्याइ तालिम प्राप्त इन्जिनियरबाट चेकजाँच गराई विभिन्न छुट सुविधा लिन ग्राहकलाई कम्पनीले अनुरोध गरेको छ ।

लक्ष्मी कमर्शियल भेहिकलस्ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरूको आधिकारिक रुपमा विक्री वितरण गर्दै आएको छ ।

मंगलबार, ३० फागुन २०७९, १४ : ०५

प्रतिक्रिया