ईभी स्टार्टअपको बाइक 'एरा' लन्च

मंगलबार, ३० फागुन २०७९, १४ : २१

काठमाडौँ- ईभी स्टार्टअप कम्पनी म्याटर इनर्जीले गियर भएको पहिलो इलेक्ट्रिक बाइक एरा लन्च गरेको छ । यसमा ४ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ ।

कम्पनीले सो बाइक अटो एक्सपो २०२३ मा सार्वजनिक गरेको थियो । सो बाइक ४०००, ५०००, ५००० प्लस र ६००० प्लस गरी ४ वटा ट्रिममा उपलब्ध छ । कम्पनीले एरा ५००० को मूल्य १ लाख ४३ हजार ९९९ र एरा ५००० प्लसको मूल्य १ लाख ५३ हजार ९९९ भारु तोकेको छ ।

कम्पनीले अहिलेसम्म एरा ४००० र एरा ६००० प्लसको मूल्य भने सार्वजनिक गरेको छैन । सो बाइकमा ३ वर्ष वा असीमित किलोमिटरको वारेन्टी र ३ वर्षको रोडसाइड असिस्टेन्स र एएमसी÷लेबर कभरेज पनि दिइएको छ ।

ई–बाइक एरा ४०००, ५००० र ५००० प्लस भेरिएन्टमा ५ केडब्ल्युको लिक्विड कुल्ड ब्याट्री प्याकको विकल्प दिइएको छ । सो बाइकले फुल चार्जमा १२५ किमीको रेन्ज दिन्छ । सो ब्याट्री सामान्य चार्जरबाट ५ घण्टा र फास्ट चार्जरबाट २ घण्टामा फुल चार्ज गर्न सकिने दाबी गरिएको छ । एरा ६००० प्लस मोडलमा ६ केडब्ल्युएचको ब्याट्री प्याक दिइएको छ जसको रेन्ज १५० किमीको छ ।

म्याटर एरालाई शार्प र स्कल्प्टेड लुक दिइएको छ । सो ई–बाइकले ६ सेकेन्डभन्दा कममा ० देखि ६० किमी प्रतिघण्टाको रेन्ज दिने कम्पनीको दाबी छ । बाइकमा ३ वटा ड्राइभिङ मोड छ । यसको इको मोडमा ३० किमी प्रतिघण्टा, सिटी मोडमा ७० किमी प्रतिघण्टा र स्पोर्ट मोडमा ९५ किमी प्रतिघण्टा टप स्पिड छ ।


बाइकमा फोजी, वाइफाई, ब्लुटुथ कनेक्टिभिटी, पार्क असिस्ट, किलेस अपरेशन, ओटीए अपडेट, प्रोग्रेसिभ ब्लिंकर र वेलकम लाइटको साथमा ७ इन्चको टच कम्प्याटिबल एलसीडी डिस्प्ले जस्ता फिचर रहेको छ

मंगलबार, ३० फागुन २०७९, १४ : २१

प्रतिक्रिया