काठमाडौं- इलेक्ट्रीक दुईपांग्रे सवारी उत्पादक कोमाकीले नयाँ मोडलको स्कुटर सार्वजनिक गरेको छ ।
कोमाकीले एलवाइ प्रो नामक इलेक्ट्रीक स्कुटर भारतीय बजारमा सार्वजनिक गरेको हो ।
कोमाकी एलवाइ प्रोले एकपटकको फुलचार्जमा २५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।
कोमाकीले उक्त स्कुटरको मूल्य १ लाख ३७ हजार ५०० भारतीय रुपैयाँ ९एक्स शोरुम० निर्धारण गरेको छ ।
कोमाकी एलवाइ प्रोमा ३००० वाट क्षमताको हब मोटर दिइएको छ भने ३८ एम्पायरको कन्ट्रोलर पाउन सकिन्छ । यसमा निकाल्न मिल्ने ६२ भोल्ट ३२ एम्पायरको डबल ब्याट्री अप्सन दिइएको छ ।
कम्पनीका अनुसार यो ब्याट्रीलाई फुलचार्ज गर्न ४ घण्टा ५५ मिनेट समय लाग्दछ भने यसले एकपटकको सिङ्गल चार्जमा २०० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।
कोमाकी एलवाइ प्रोमा टीएफटी डिस्प्ले दिइएको छ । यसमा अन–बोर्ड नेभिगेसन, साउन्ड सिस्टम, ब्लूटूथ कलिङ जस्ता फिचर पाउन सकिन्छ । त्यस्तै, यसमा एडभान्स एन्टी स्किड टेक्नोलोजी पनि समावेस छ ।
यो स्कुटरलाई इको, स्पोर्ट्स र टर्बो मोड गरी विभिन्न तीन मोडमा सञ्चालन गर्न सकिन्छ ।
कोमाकीको यो स्कुटर नेपालमा पनि आउने अनुमान गर्न सकिन्छ । कोमाकी इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी यूनिटी ट्रेडिङले कोमाकीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण गर्दै आएको छ
प्रतिक्रिया