टाटा मोटर्सको क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता

मंगलबार, ३० फागुन २०७९, १७ : ५८

 काठमाडौं - टाटा मोटर्सको ‘दी इलेक्ट्रिफाइङ एक्सचेञ्ज-२०२३’ क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।

सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्सका शोरुमहरुमा २६-२८ फागुनसम्म सञ्चालित क्याम्पमा ग्राहकहरुको उत्साहजनक सहभागिता रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टाटा मोटर्सका ग्राहकहरुबाट प्राप्त सुझाव तथा जिज्ञासाका आधारमा उक्त क्याम्प सञ्चालन गरिएको थियो ।  एक्सचेञ्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था मिलाइएको थियो ।

काठमाडौंमा सञ्चालित क्याम्पमा सहभागी भएका ग्राहकहरुले झन्डै २०० गाडीहरुको विशेषताबारे जानकारी लिनुका साथै यसको बजार मूल्य, सरल फाइनान्स सुविधा, इन्स्योरेन्स सुविधा लगायतका बारेमा जानकारी लिएका थिए ।

मंगलबार, ३० फागुन २०७९, १७ : ५८

प्रतिक्रिया