हिरोले नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने

बुधबार, ०१ चैत्र २०७९, १४ : ०३

काठमाडौँ- हिरो इलेक्ट्रिकले चाँडै नै नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने भएको छ । कम्पनीले हालै सो नयाँ इलेक्ट्रिक स्कुटरको टिजर सार्वजनिक गरेको छ । कम्पनीले सो इलेक्ट्रिक स्कुटर मार्च १५ मा लन्च गर्ने अनुमान गरेको छ ।

टिजरका अनुसार सो इलेक्ट्रिक स्कुटरमा एलईडी हेडल्याम्प, फ्रन्ट काउलमा एलईडी टर्न इन्डिकेटर, अलोय ह्विल, डिस्क ब्रेक, कर्भ सिट, बाक्लो ग्र्याब रेल र निलो पेन्ट रहेको छ । साथै यसको डिजाइन हिरो अप्टिमासँग मिल्दोजुल्दो हुने अनुमान गरिएको छ ।

यो वर्षको फेब्रुअरीमा हिरो इलेक्ट्रिकले ५ हजार ८६१ इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ, जुन यस वर्षको जनवरीको बिक्रीभन्दा ५०० युनिट कम हो । हिरो इलेक्ट्रिकको बिक्री घट्नुको मुख्य कारण कम्पनी फेम–२ सब्सिडी स्किमबाट बाहिर रहेको बताइएको छ । नयाँ इलेक्ट्रिक स्कुटरले कम्पनीको स्कुटर बिक्रीमा बढोत्तरी हुने अनुमान गरिएको छ ।

बुधबार, ०१ चैत्र २०७९, १४ : ०३

प्रतिक्रिया