काठमाडौँ- इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा इन्टरनेट सेवा विस्तार गरेको छ।
बुधवार खलङ्गामा एक कार्यक्रमको आयोजना गरी एफटीटीएच फाइबर इन्टरनेट सेवाको उद्घाटन गरिएको हो।
सेवाको उद्घाटन अध्यक्ष दिलीप अग्रवाल र लगानीकर्ता ब्रिटिस इन्भेस्टमेन्ट कम्पनी ९विविआई० प्रतिनिधि श्रीनीले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । अग्रवालले जुम्लामा यो सेवा प्रवाह गर्नु खुसीको कुरा भएको बताए।
उनले काठमाडौँकै गतिको इन्टरनेट सुरुवात भएको जनाए। यो सेवामा कर्णाली प्रदेशलाई जोड्ने तयारी छ। सेवा विस्तार गर्ने क्रममा मुगु, हुम्ला र डोल्पा जिल्लामा पनि काम गर्ने योजना छ। वर्ल्डलिंकका महाप्रवन्धक किरण गौतमले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार नभई गुणस्तरीय सेवा प्रवाह हुने बताए।जुम्लामा २०७९ साल असारबाट सेवा सुरु गरेको इन्टरनेट सेवाको जुम्लामा वर्ल्ड लिंकको बुधवारबाट सुरुवात गरिएको छ।
प्रतिक्रिया