आइएमई ग्रुपको सुनौलो अवसर

विहीबार, ०२ चैत्र २०७९, १२ : ४५

काठमाडौँ - आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई  पे’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच एक समझदारी भएको छ । दुई कम्पनीबीच युनिमनीको ‘सेन्ड मनी अन्लाईन एन्ड विन बिग’क्याम्पेनमा प्रमोसन पार्टनरको रूपमा समझदारी भएको हो ।

विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल www.unimoni.qa मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले IPHONE 14 PRO, ५ जना विजेताले सामसुङ ग्यालेक्सी एस२२ अल्ट्राका साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नुहुने छ । 

सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ ९१ चैत, २०७९ देखि जेठ १, २०८००सम्म जम्मा ६२ दिनका लागि लागू हुने छ । उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा ५० रुपैयाँ सम्मको बोनस सुविधा यथावत नै रहने छ । अनलाइन च्यानलहरूको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुने छ ।

 

विहीबार, ०२ चैत्र २०७९, १२ : ४५

प्रतिक्रिया