मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने जसपाको निर्णय

विहीबार, ०२ चैत्र २०७९, १५ : ४३

काठमाडौँ -  जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले मञ्जु अन्सारीलाई प्रतिनिधि सभा सदस्य (सांसद) बनाउने भएको छ । 

पार्टीले उनलाई सांसद बनाउने निर्णय गर्दै निर्वाचन आयोगमा सिफारिस गर्न लागिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 


बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको  उनले बताए । 
उनी सप्तरी निवासी हुन् । 

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मञ्जु मुस्लिम क्लस्टरको दोस्रो स्थानमा  रहेकी थिइन् ।
 

विहीबार, ०२ चैत्र २०७९, १५ : ४३

प्रतिक्रिया