निफ आजबाट शुरुः सरकारबाट अपेक्षित साथ नपाएकोमा गुनासो

१ बर्ष अगाडि

काठमाडौँ - बिहीवारबाट काठमाडौंमा छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) शुरु भएको छ  

काठमाडौंमा एक कार्यक्रमबीच निफ शुरु भएको हो । चैत्र २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनोट भएका छन् । उक्त चलचित्रहरु चार वटा काठमाडौंका अत्याधुनिक सिनेमा हलहरु  सिभिल मल, छायाँ सेन्टर, पुलचोकको लविङ मल, भक्तपुरको राधेराधेको भाटभटेनीमा रहेको हलबाट प्रदर्शन हुने छ । ओपनिङ फिल्मको रुपमा आज कोरिन शर्मा निर्देशित चलचित्र चरी प्रदर्शन भएको छ ।  यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने छ । कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदुत चेन सोङले चलचित्रले एकअर्का देशबीचको संस्कृति र मित्रता बिस्तार हुने   बताएका छन्। उनले चलचित्रको माध्यमबाट नेपाल र चीनबीचको सम्बन्ध बिस्तार हुने बताएका छन् । 

 उनले भने , ‘फिल्ममले संस्कृति र मित्रताको सम्बन्धलाई बढाउँछ । यसमा चीन पनि सहभागी हुन पाउँदा हामी खुशी छौँ । नेपाल र चीनबीचको सम्बन्ध बिस्तार हुँदै गइरहेको छ । चलचित्रको माध्यमबाट झनै जनस्तरसम्म सम्बन्ध बिस्तार गर्न सहज भएको छ ।’

त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस्तो मेलाहरुले विभिन्न देशबीचको भाषा, संस्कृतिलाई एकअर्काबीच फैलाउन सहयोग पुग्ने बताएका छन् । उनले महोत्सवले अन्य देशको संस्कृतिका साथै प्रविधिको उच्चतम प्रयोग गर्न सहयोग पुग्ने  बताए । उनले  नेपाल विदेशीहरुका लागि ओपन स्टुडियो रहेको बताए ।  
 

उनले भने, ‘यस्तो किसिमको महोत्सवले विभिन्न देशबीचको भाषा, संस्कृतिलाई एकअर्काबीच फैलाउन सहयोग पुग्छ । हाम्रो देशको प्रविधिहरुलाई भित्र्याएर हामी विकासमा अघि बढ्न सक्छौँ । आगामी दिनमा फिल्ममा सुधार गर्नपनि यसले सहयोग पुग्नेछ । यो मेलाबाट धेरै उपलब्धि पाउन सक्छौँ । यो कार्यक्रम निरन्तर सफल हुँदै जाओस् । नेपाललाई एउटा ओपन स्टुडियोको रुपमा विदेशीहरुले लिनुभएको छ ।’

कार्यक्रममा बोल्दै निफका अध्यक्ष केपी पाठकले यस किसिमका मेलाहरुलाई सरकारले वार्षिक कार्यक्रममा राख्नुपर्ने बताएका छन्  । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने भनिएपनि उनी उपस्थित नभएपछि  चलचित्रकर्मीहरु  निराश बनेका छन् । विशिष्ट अतिथिको रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई बोलाएपनि नगएपछि चलचित्र क्षेत्रले सरकारले आफूलाई साथ नदिएको अनुभुति भएको बताए। 

 उनले भने, ‘यस्ता मेलाहरुलाई सरकारले वार्षिक कार्यक्रममा राखेस् भन्ने हाम्रो आग्रह छ । कम्तिमा यहाँ सरकारको पाइला आइदिएको भए हाम्रो मेला पवित्र हुन्थ्यो की, विदेशीले हाम्रो चलचित्र क्षेत्रलाई हेर्ने नजर राम्रो हुन्थ्यो की भन्ने थियो त्यो भएन ।’

 

१ बर्ष अगाडि

प्रतिक्रिया