उपराष्ट्रपति निर्वाचनबारे निर्णय गर्न रास्वपाको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै

१ बर्ष अगाडि

काठमाडौँ -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दै छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान साढे ११ बजे उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो । 

यसअघि, राष्ट्रपति चुनावमा रास्वपाले सत्ता गठबन्धनलाई साथ दिएको थियो । प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक गरी रास्वपाका १९ सांसद छन् ।

आज नै १०ः०० बजेदेखि ३ः०० बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदै छ ।

उपराष्ट्रपति पदकाे निर्वाचनमा नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।

  

१ बर्ष अगाडि

प्रतिक्रिया