सेगवेको नया स्कुटर सार्वजनिक

शुक्रबार, ०३ चैत्र २०७९, १२ : ३३

काठमाडौं-  इलेक्ट्रीक माइक्रोमोबिलिटी सेक्टरमा स्थापित ब्रान्ड सेगवेले नयाँ मोडलको स्कुटर सार्वजनिक गरेको छ ।

 कम्पनीले सेगवे ई(३०० एसई प्रिमियम इलेक्ट्रीक स्कुटर अन्तर्राष्ट्रिय बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार १२५ सीसी बराबरको यो विद्युतीय स्कुटरले स्न्यापी एक्सेलेरेसन र आकर्षक रेन्ज प्रदान गर्दछ । यो स्कुटर कम्पनीको अघिल्लो मोडलहरु ई(११० र ई(१२५ भन्दा माथिल्लो भागमा बस्छ ।

नयाँ स्कुटरलाई मोपेडका रुपमा वर्गीकरण गरिएको छ । यसलाई संचालन गर्न चालकको लाइसेन्स मात्र आवश्यक हुने बताइएको छ ।


कम्पनीले यसमा हब माउन्टेड इलेक्ट्रीक मोटर दिइएको छ । यसले ६५ माइल अर्थात् १०४ किलोमिटर प्रति घन्टाको स्पीडमा चलाउन सकिने कम्पनीको दाबी छ । यो स्कुटरलाई ५०.३१ सेकेन्डमा शुन्यदेखि २ किलोमिटरसम्म गुडाउन सकिन्छ ।

शुक्रबार, ०३ चैत्र २०७९, १२ : ३३

प्रतिक्रिया