होन्डाको सिक्स जी अपग्रेड भएर आउने

१ बर्ष अगाडि

काठमाडौं-  होन्डाको अत्यधिक लोकप्रिय एक्टिभा स्कुटर ‘सिक्स जी’ अपग्रेड भएर आउने भएको छ ।

 होन्डाले एक्टिभा सिक्स जीमा अपग्रेड गर्न लागेको हो ।

होन्डा साइन १०० सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै होन्डा मोटरसाइकल एन्ड स्कुटर इन्डिया ’एचएमएसआई’का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत आत्सुशी ओगाटाले एक्टिभाको सिक्स जी मोडलको अपग्रेड गर्ने तयारी भइरहेको जानकारी दिए ।

भारतमा सर्वाधिक विक्री हुने एक्टिभा नेपालमा पनि विक्री वितरण हुँदै आएको छ । जुन किसिमको क्रेज एक्टिभाको भारतमा देखिन्छ, त्यो क्रेज नेपालमा भने छैन । होन्डा डिओ र ग्राजिय भने नेपालमा निकै राम्रो संख्यामा विक्री हुँदै आएको छ ।


होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले नेपालमा २ लाख ५३ हजार ९०० रुपैयाँ मूल्य तोकेर एक्टिभा फाइभ जी विक्री वितरण गर्दै आएको छ ।

नयाँ सिक्स जी पनि अपग्रेड भएर भारतमा आउन लागेको हो । जुन पहिलेको तुलनामा केही महंगो हुने अनुमान गर्न सकिन्छ । भारतमा नै यसको मूल्य कति पर्छ भन्ने खुलाइएको छैन ।

होन्डाले सिक्स जी मोडलमा कुनै मेकानिकल परिवर्तन गर्ने छैन । तर, अन्य फिचर्सहरु भने अपग्रेड भएर आउने छ । इन्जिन पनि बीएस सिक्स फेज टुमा आधारित रहने छ ।

ओगाटाका अनुसार एक्टिभामा की लेस सिस्टम उपलब्ध हुनेछ । साथै, पूर्ण डिजिटल डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी लगायतका सुविधाहरूले सुसज्जित भएर नयाँ एक्टिभा बजारमा आउने छ ।

नयाँ फिचर्स सहित हुने यो अपग्रेडले एक्टिभालाई आफ्नो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी रहेको टीभीएस जुपिटरसँग प्रतिस्पर्धा गर्न थप सहज हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया