चर्चामा केवाईसी भी५ इलेक्ट्रिक भ्यान

१ बर्ष अगाडि

काठमाडौँ - नेपाली बजारमा हालै भित्रिएको केवाईसी भी५ इलेक्ट्रिक भ्यानको चर्चा बढ्दै गएको छ । सीजी मोटर्सले नेपाली बजारमा भित्र्याएको उक्त ११ सिटर इलेक्ट्रिक भ्यानमा सवार भएर यात्रुहरु एक स्थानबाट अर्को स्थानमा पुग्न सहज हुन्छ ।

 १८० एमएम ग्राउन्ड क्यिलरेन्स भएको र सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने बताइएको सो इलेक्ट्रिक भ्यानबाट प्रदूषणमुक्त तरिकाले यात्रा गर्न सकिनुका साथै पैसाको समेत बचत हुन्छ । यसले गर्दा विशेष गरी लामो दुरीमा यात्रा गराउने व्यवसायमा संलग्न व्यवसायीहरु यो भ्यानप्रति आकर्षित भएको पाइन्छ । पूर्व देखि पश्चिम सम्मको रुटमा यो गाडीको संख्या बढ्दै गएको छ ।

६।६ किलोवाटको नर्मल चार्जरबाट चार्ज गर्न सकिने सो भ्यानमा सीएटीएलको ब्याट्री प्रयोग गरिएको छ । ईभी ब्याट्री उत्पादन गर्ने सीएटीएल विश्वकै सबैभन्दा ठूलो कम्पनी हो, जसले टेस्लाका लागि समेत ब्याट्री उत्पादन गर्छ ।

यसमा ४१.८६ किलोवाट आवर र १२५ एएचको ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३०० किलोमिटर रेन्ज दिने बताइएको छ । पेट्रोलियम पदार्थको प्रयोग गर्नु नपर्ने र थोरै खर्चमा यात्रा सम्पन्न हुने भएकाले व्यवसायीहरुले यसलाई निकै नै रुचाएको पाइन्छ ।

यो गाडीमा सेन्ट्रल लकिङ सहितको इलेक्ट्रिक विन्डो, एबीएस, ईपीएस, डीआरएल, फ्रन्ट फगल्याम्प, एमपीथ्री, टीपीएमएस, ईडीआर लगायतका सुविधा उपलब्ध छ ।

 थप सुविधाको रुपमा यसमा एसी, एमपी फाइभ तथा रियरभ्यु क्यामेरा, आल्मुनियम ह्विल आदि प्रयोग गर्न सकिन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया