नयाँ बर्षमा नयाँ कार ल्याउदै किया

१ बर्ष अगाडि

काठमाडौं-  कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले इलेक्ट्रिक कार ईभी ६ नेपाल ल्याउने भएको छ ।

 कम्पनीले नेपाली नयाँ वर्ष २०८० लागेपछि उक्त गाडी नेपाल ल्याउने तयारी गरेको हो ।

कम्पनी स्रोतका अनुसार आगामी असार महिनासम्ममा ईभी ६ नेपाल भित्र्याउने तयारी भइरहेको छ । कन्टिनेन्टल ट्रेडिङले यसअघि नै ईभी ६ नेपाल भित्र्याउने तयारी गरेको भए पनि सरकारले चालु  वर्षको बजेटमार्फत कर बढाएपछि रोकिएको थियो ।

त्यत्तिबेला कम्पनीले १ करोड १६ लाख रुपैयाँ हाराहारीमा ईभी ६ नेपाल ल्याउन लागेको थियो । अब ईभी ६ नेपाल आउँदा बढेको कर थपिने भएकाले केही महँगिने छ ।


कम्पनीले लामो समयदेखि वेबसाइटमा नयाँ इलेक्ट्रीक कार ईभी ६ नेपालमा ‘चाँडै आउँदै छ’लेखेर राखेको भए पनि २०८० लागेपछि मात्र उक्त गाडी आउने भएको स्रोतले जनाएको छ ।
 

१ बर्ष अगाडि

प्रतिक्रिया