एमएडव्लू इन्टरप्राइजेजद्धारा स्प्रिङ चेकअप क्याम्प सुरु हुदैँ

आइतबार, ०५ चैत्र २०७९, ११ : ५५

काठमाडौँ- स्कोडा गाडीको नेपालका लागी आधिकारिक विक्रेता एमएडव्लू इन्टरप्राइजेजले स्प्रिङ चेकअप क्याम्प आयोजना गर्ने भएको छ ।

सो क्याम्प आज चैत ५ गतेदेखि शुरु हुने र क्याम्प ८ गतेसम्म चल्ने कम्पनीले जनाएको छ । २०१७ मोडल वा सो भन्दा अगाडीका स्कोडा गाडीलाई लक्षित गरी क्याम्प अयोजना गर्न लागिएको हो ।


सितापाइलास्थित स्कोडा सर्भिस सेन्टरमा आयोजना हुने क्याम्पमा गाडीको २४ चेकअप पोइन्ट निशुल्क चेकजाँच गरिनुको साथै कार स्क्यानिङ, टप वास, र एसी चेकअपलाई समेत निशुल्क गरिएको छ ।

क्याम्पमा गाडीको मर्मत सम्भार गराउँदा लाग्ने ज्याला र स्कोडा जेन्यूइन स्पेयर पार्ट्समा १० प्रतिशत तथा डेन्ट पेन्टमा १५ प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।

आइतबार, ०५ चैत्र २०७९, ११ : ५५

प्रतिक्रिया