काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै दुई वटा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।
त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल संघाई र अन्य अतिथिहरुले शोरुम शुभारम्भ गरे । सो अवसरमा त्रिवेणी ग्रुपका डाइरेक्टर हर्ष संघाईले आगामी दिनमा विभिन्न मोडल उपलब्ध गराउने र ग्राहकको माया पाइरहने विश्वास व्यक्त गरे ।
अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले चालु आर्थिक वर्षको अन्त्य सम्ममा देशभर १८ शोरुम सञ्चालनमा ल्याउने बताउदै रोयल इन्फिल्डको लिगेसीलाई सबैले पछ्याइरहने विश्वास व्यक्त गरे ।
कम्पनीको मापदण्ड अनुसार तयार गरिएका शोरुम ‘बाइकर्स होम’ को अवधारणामा आधारित छ । शोरुमबाट बाइक, राइडिङ गियर, जेन्युइन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स आदि बिक्री गरिनुका साथै बिक्री पछिको सेवा समेत उपलब्ध गराइने छ । कम्पनीको मुख्य उद्देश्य ‘ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि’ रहेको बताइएको छ ।
आगामी असार महिना भित्र विराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणगढ, दाङ, नेपालगन्ज र त्रिपुरेश्वर गरी थप ८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेन्युइन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ लगायतका सेवा प्रदान गरिने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया