ताजा समाचार

आयोगले गर्‍यो राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश

आइतबार, ०५ चैत्र २०७९, १६ : २८

काठमाडौँ-  निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन पेश गरेको छ । 

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश प्रसाद थपलियाले राष्ट्रपति रामचन्द्र पौडेलसम्क्ष आइतबार निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन पेश गरेका हुन् । 

नेपालको संविधानको धारा ६२ तथा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनको प्रतिवेदन पेश हुन आएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

शुक्रबार भएको निर्वाचनबाट उपराष्ट्रपतिमा जसपाका रामसहाय प्रसाद यादव निर्वाचित भएका थिए । 

आइतबार, ०५ चैत्र २०७९, १६ : २८

प्रतिक्रिया