काठमाडौँ- नेपालको अग्रणी SMS प्रदायक कम्पनीले आज मार्च २० तारिख आफ्नो १३ औं वार्षिकोत्सव मनाउँदैछ।
जानकी टेक्नोलोजी प्रालि द्वारा २०१० मा स्थापित गरिएको, SPARROW SMS तब देखि SMS को पर्यायवाची शब्द बनेको छ र यसलाई पावर अफ टेक्स्टू भनेर व्यापक रूपमा पनि चिनिन्छ। कम्पनीको लक्ष्य आम जनता र व्यवसायीहरूलाई आफ्ना उत्पादन र सेवाहरू सञ्चार तथा प्रचार गर्न SMS सेवाहरू प्रदान गर्न मात्र नभएर अति सम्वेदनशिल सन्देश जस्तै इत्ए कारोबार विवरण पनि सुरक्षित र अति सिघ्र माध्यबाट SMS पठाउनु हो।
वर्षौंको दौरानमा, SPARROW SMS ले BULK SMS तथा अन्य SMS सेवाहरूमा आफूलाई विश्वसनीय नामको रूपमा स्थापित गरेको छ। कम्पनीले SMS बाहेक आफ्नो व्यवसाय विस्तार गर्न Rakuten Viber सँग साझेदारी गरेको छ र अब नेपाली व्यवसायहरूलाई Viber Business Messaging प्रदान गर्दे आएको छ, जसले अन्य देशहरूमा व्यवसाय प्रवर्द्धन गर्न प्रभावकारी र किफायती माध्यम साबित भईसकेको छ।
SPARROW SMS ले Voice Broadcasting तथा Miss call marketing सेवा पनि प्रदान गर्दै आएको छ, जसले व्यवसाय प्रवद्धनको प्रमुख सेवाहरू हुन्।
SPARROW SMS ले सधैं विश्व(स्तरीय सर्भरहरू, डाटा गोपनीयता, र किफायतीता कायम राखेको छ। सन् २०२२ मा, जानकी टेक्नोलोजीलाई ICT क्षेत्रमा नवीन अभ्यासहरूका लागि Awards of Excellence for Innovation in the emerging sectors of the province – ICT 2022 अवार्डले सम्मानित गरिएको थियो। SPARROW SMS ले Make in Nepal संग पनि सहकार्य गर्दै आएको छ, जसले स्वदेशमा उत्पादित वस्तु तथा सेवाहरूलाई सशक्तिकरण र प्रवद्धन गर्ने नाराका साथ काम गरिरहेको छ।
१३ औं वार्षिकोत्सवको अवसरमा SPARROW SMS का प्रमुख कार्यकारी अधिकृत मनोज थापाले कम्पनीका अमूल्य ग्राहक तथा साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले भने,'यो विगत १३ वर्षमा अविश्वसनीय यात्रा भएको छ, र हामीले हाम्रा ग्राहक र साझेदारहरूको सहयोग बिना यो गर्न सक्ने थिएनौं। हाम्रो लक्ष्य सधैं व्यवसाय र व्यक्तिहरूलाई समान रूपमा उत्कृष्ट एसएमएस सेवाहरू उपलब्ध गराउनु रहेको छ, र हामी त्यो लक्ष्य हासिल गर्न सफल भएका छौं भन्न पाउँदा गर्व छौं ।' उनले SPARROW SMS ले नेपालको सबैभन्दा ठूलो व्यवसायको सञ्चार माध्यम बन्ने लक्ष्य राखेको बताए ।
प्रतिक्रिया