ताजा समाचार

७७ वटै जिल्लाका सिडिओलाई ज्ञापनपत्र बुझाउदैँ राप्रपा

सोमबार, ०६ चैत्र २०७९, ०९ : ४६

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई ज्ञापनपत्र बुझाउने भएको छ ।

रसायनिक मलमा अनुदान कटौती र मूल्यवृद्धिको विरोधमा राप्रपाले आज ७७ वटै जिल्ला प्रशासन कार्यलय पुगेर ज्ञापनपत्र बुझाउन लागेको हो ।

राप्रपाले किसानहरूका समस्याका बारेमा प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेगरी आज सबै जिल्लााका प्रजिअलाई भेट्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । 

सोमबार, ०६ चैत्र २०७९, ०९ : ४६

प्रतिक्रिया