नयाँ एमपीभी कारेन्स नेपाली बजारमा

सोमबार, ०६ चैत्र २०७९, १६ : २२

काठमाडौँ - कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ। कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो। 

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ। ‘कारेन्स कारमात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो’, कम्पनीद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक परिवारले आदर्श मान्न सक्ने कारका लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाइलका रुपमा आएको छ।’ 

 किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर ९आईसीओटीवाई० २०२३ अवार्ड प्राप्त एमपीभी हो। हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण गाडी पुरस्कार आईसीओटीवाईको १८औँ संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको हो। 

गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको छ। यसअघि सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो। एक वर्षअघि बजारमा आएयता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ। 

कारेन्सको सबैभन्दा उल्लेख्य विशेषतामध्ये एक यसका १० रोबुस्ट हाई–सेफ्टी प्याकेज हुन्। जुन सबै भेरिएन्टमा स्ट्यान्डर्ड रुपमा आउँछन्। यसमा ६ ओटा एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर पर्छ। 

यो दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध छ। एउटा ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटर। ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ। १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ। 

कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा  पनि उपलब्ध छ। यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ। लक्जरी प्लस ट्रिममा स्टियरिङमा जडित प्याडल सिफ्टर पनि छ। जसले ७ स्पिड डीसीटी वा ६ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ। 

   

सोमबार, ०६ चैत्र २०७९, १६ : २२

प्रतिक्रिया