'द एलिमिनेटर ४००' क्रुजर बाइक सार्वजनिक

मंगलबार, ०७ चैत्र २०७९, १२ : ०४

काठमाडौं-  कावासाकीको ‘द एलिमिनेटर ४००’ क्रुजर बाइक सार्वजनिक भएको छ । कम्पनीले जापानी बजारमा एलिमिनेटर ४०० मोटरसाइकल सार्वजनिक गरेको हो ।

क्रुजर मोटरसाइकलमा सिफ्ट गर्न चाहने तथा क्रजुरका पारखीहरु लागि उपयुक्त रहेको यो क्रुजर बाइक ‘निन्जा ४००’को प्लेटफर्ममा आधारित रहेको छ । कम्पनीका अनुसार यो बाइक जापानमा मात्र विक्री वितरणका लागि उपलब्ध हुनेछ ।

यसमा ३९९ सीसीको लिक्विड कुल्ड, फ्यूल इन्जेक्टेड प्यारालाल ट्वीन इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ४५ हर्सपावर र ३५ एनएम टर्क प्रदान गर्छ । यसलाई ६ स्पिड म्यनुआल ट्रान्समिसनसँग जोडिएको छ ।


यो मोटरसाइकलकको उचाई ७३३ एमएम रहेको छ । यसको सिट एड्जस्ट गर्ने हो भने, यसको उचाई ७६५ एमएम अग्लो सम्म बनाउन सकिन्छ ।

यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, जीपीएस कम्प्याक्टीबीलिटि, फ्रन्ट र रियर माउन्ट गरिएका क्यामेरा लगायत सुविधा पाउन सकिन्छ ।

मंगलबार, ०७ चैत्र २०७९, १२ : ०४

प्रतिक्रिया