काठमाडौं- बीएडब्लू मोटरसाइको आधिकारिक विक्रेता कम्पनी हिमालयन मोटार्डले ७ लाखदेखि मोटरसाइकल उपलब्ध गराउने भएको छ ।
कम्पनीले एक्सचेन्जमार्फत आएका बीएस ४ भर्सनका मोटरसाइकलहरु ७ लाख रुपैयाँदेखि उपलब्ध गराउने भएको हो ।
कम्पनीले ७ लाख रुपैयाँदेखि बीएमडब्ल्यू जी ३१० आर उपलब्ध गराउने जनाएको छ भने जी ३१० जीएस ८ लाख ५० हजार रुपैयाँदेखि उपलब्ध हुने बताएको छ ।
कम्पनीले विक्री गर्ने सेकेन्ड ह्याण्ड मोटरसाइकलहरुमा ६ महिनाको वारेन्टी उपलब्ध हुनेछ भने मोटरसाइकलको सम्पुर्ण चेकलिस्ट नै ग्राहकलाई उपलब्ध गराउने जनाएको छ ।
कम्पनीले हाल नेपाली बजारमा जी ३१० जीएस र जी ३१० आरको बीएस ४ तथा बीएस ६ दुवै भर्सन विक्री गर्दै आएको छ । कम्पनीले एक्सचेन्जमा लिएका मोटरसाइकलहरु आकर्षक मूल्यमा ग्राहकलाई उपलब्ध गराउने बताएको हो ।
कम्पनीका अनुसार एक्सचेन्जमा आएका बीएस ४ भर्सनमा मोटरसाइकलहरु कम्पनीका दक्ष टेक्निसियनहरुबाट परिक्षण गरेर विक्रीमा राखिएका हुन् ।
हाल विक्रीमा रहेको बीएमडब्लू जी ३१० आर बीएस ४ को सुरुवाती मूल्य ९ लाख ५० हजार रुपैयाँ र बीएस ६ भर्सनको मूल्य १३ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, जी ३१० जीएस बीएस ४ को सुरुवाती १० लाख ९० हजार र बीएस ६ को मूल्य १४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
प्रतिक्रिया