बजाजकोे बक्सर मोटरसाइकल पुनः लन्च हुदैँ

मंगलबार, ०७ चैत्र २०७९, १३ : ५४

काठमाडौँ- बजाजले कुनै समयमा लोकप्रिय रहेको मोटरसाइकल बक्सर पुनः लन्च गर्ने तयारी गरिरहेको छ ।

 कम्पनीले पहिले नै बक्सरको १०० सीसी र १५० सीसी मोडल लन्च गरिसकेको थियो । तर यसको राम्रो प्रतिक्रिया नपाएपछि कम्पनीले यसको उत्पादन बन्द गरेको थियो ।


बजाजको नयाँ बक्सर एक्स १५० एड्भेन्चर परीक्षणको समयमा देखिएको छ । कम्पनीले सो बाइक यसै वर्ष लन्च गर्न सक्ने अनुमान गरिएको छ ।

रिपोर्टका अनुसार नयाँ बक्सरलाई पूर्ण रूपमा स्पोर्ट्स लुक दिइएको छ । बाइकमा अलोय ह्विल र नयाँ फ्रन्ट फेन्डर जडान गरिएको छ । साथै बाइकमा सिंगल सिट अप टेल शेपका साथै टु पिस ह्यान्डलबार पनि दिइएको छ ।

सो बाइकको माइलेज ६० किमी प्रतिलिटर हुने अनुमान छ । कम्पनीले यसको मूल्य भने खुलाएको छैन । बाइकमा हुने पावरफुल इन्जिन र माइलेजको हिसाबले सो बाइक स्प्लेन्डरसँग प्रतिस्पर्धा गर्ने अनुमान छ ।
.
बक्सरमा १४८.८ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन दिइनेछ । यसले १२ बीएचपी पावर जेनेरेट गर्नेछ । बाइकमा ५ स्पिड गियर बक्स हुनेछ । बाइकमा डिजिटल क्लस्टर र ब्लुटुथ कनेक्टिभिटी जस्ता फिचर पनि हुनेछ ।

मंगलबार, ०७ चैत्र २०७९, १३ : ५४

प्रतिक्रिया