धुलिखेल अस्पतालको मोबाइल एप संचालनमा

मंगलबार, ०७ चैत्र २०७९, १७ : ५६

 काठमाडौँ - आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिजसँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सञ्चालनमा ल्याएको छ । 

यो एप मार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमा ‘अनलाइन अपोइन्टमेन्ट’ बुकिङ गर्न र  त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सक्छन् ।  

यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमा उभिने झन्झट हटाउँदै  धेरै समय बचत गराउने कम्पनीको विश्वास रहेको छ । 

सँगसँगै यो एप मार्फत नेपाल सरकारको स्वास्थ्य बीमा बोर्ड द्वारा प्रदान हुने स्वास्थ्य बीमाको सुविधा प्राप्त गर्न, निःशुल्क रूपमा अस्पताल टिकट बुक गर्ने र  आफ्नो बीमा जानकारी  प्राप्त गर्न समेत सकिने छ । 

मंगलबार, ०७ चैत्र २०७९, १७ : ५६

प्रतिक्रिया