काठमाडौं । फ्रेन्च अटोमोबाइल निर्माता रेनोले पनि ह्याचब्याक विद्युतीय सवारी (ईभी) उत्पादन गर्ने भएको छ ।
कम्पनीले सन् २०२४ सम्म इन्ट्री लेभल ह्याचब्याक ‘ईभी रेनो-५’ मोडलको कार विक्री सुरू गर्ने जनाएको हो ।
रेनोले सो कार सन् २०२१ को इवेज इलेक्ट्रोपप इभेन्टमा रिभिल गरेको थियो । रेनो(५ मोडल रेनोको सन् १९७० को दशकमा चर्चित मोडल आर ५ मोडलबाट प्रभावित भएको कन्सेप्ट हो । यसमा ट्रेडिसनल डिजाइन एलिमेन्टमा मोर्डन फिचरहरूको समिश्रण हुनेछ ।
प्रतिक्रिया