सीजी मोटर्सको  ‘स्वीच टु ईभी’ एक्चेन्ज क्याम्प सुरूb

बुधबार, ०८ चैत्र २०७९, १४ : ०६

काठमाडौं-  नेपालमा नेटाभीका लागि आधिकारिक वितरक सीजी मोटर्सले ‘स्वीच टु ईभी’ एक्चेन्ज क्याम्प सुरू गरेको छ ।

 कम्पनीले आजदेखि शुक्रबारसम्म संचालन हुने गरी उक्त क्याम्प सुरू गरेको हो ।

उक्त एक्चेन्ज क्याम्पमा ग्राहकले आफ्नो पुरानो कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ इलेक्ट्रीक कार नेटाभी साट्न सक्नेछन् ।

साथै, ग्राहकले आफ्नो पुरानो गाडीको उत्कृष्ट भ्यालुएसन पाउने छन् । कार्यक्रममा सहभागी ग्राहकहरूले फ्री–रिफ्रेस्मेन्टका साथै स्योरसट गिफ्ट ह्याम्पर समेत पाउने छन् ।


एक्चेन्ज क्याम्पमा नेटाभी टेष्ट ड्राइभका साथै यो अत्याधुनिक न्यू इनर्जी कारको फिचरहरू तथा विभीन्न अफरका बारेमा समेत जानकारी लिन सकिनेछ ।

आकर्षक डिजाइन तथा अत्याधुनिक फिचर लोडेड नेटाभीमा क्लास लिडिङ १७० एमएमको ग्राउण्ड क्लियरेन्स, ७ किलोवाटको एक्ट्रा फास्ट चार्जर तथा एक पटकको फुलचार्जमा ३८० किलोमिटरसम्मको अनरोड माइलेज पाउन सकिन्छ ।

स्पट फाइनान्सको समेत व्यवस्था रहेको उक्त एक्चेन्ज क्याम्प नेटाभीको काठमाडौं, भक्तपुर, विराटनगर तथा चितवन लगायत सम्पूर्ण शोरुममा संचालन भइरहेको छ ।

बुधबार, ०८ चैत्र २०७९, १४ : ०६

प्रतिक्रिया