मोफसलको सर्वाधिक राशिको जीतपुरसिमरा गोल्डकप आजदेखि

१ बर्ष अगाडि

सिमरा - मोफसल कै सर्वाधिक १० लाख राशि पुरस्कारको जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुदैँछ । 

आजदेखि सुरु हुने खेलमा ए डिभिजनका पाँच वटा क्लबसहित मोफसलका १० चर्चित टिमहरूको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो। उहाँका अनुसार उद्घाटन खेलमा भने आयोजक नव जनजागृति र बीएफसी चितवन भिड्ने छन् ।

चैत ९– १८ गतेसम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछन् ।  

विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही २० हजार दिने जनाएको आयोजकले प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार छुटाएको छ ।

सो प्रतियोगितामा साबिक विजेता एनआरटीसहित ए डिभिजनका एपीएफ, सातदोबाटो यूथ क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड क्लब प्रतिस्पर्धामा उत्रँदै छन् भने मोफसलका बीएफसी चितवन, वीरगन्ज युनाइटेड क्लब, मकवानपुर ११ हेटौँडा, वाग्मती युवा क्लब सर्लाही र आयोजक नव जनजागृति युवा क्लबले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

 

१ बर्ष अगाडि

प्रतिक्रिया