काठमाडौँ- नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्य एक भायानेट कम्युनिकेसनले नवीनतम XGS फाइबर प्रविधिमा आधारित २ २ Gbps XGS-Extreme प्याकेज मार्फत नेपालकै पहिलो मल्टि-गिग इन्टरनेट सार्वजनिक गरेको छ। यो अत्याधुनिक प्रविधिको साथ भायानेट कम्युनिकेसनले देशको इन्टरनेट क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने लक्ष्य राखेको छ।
XGS(एइल् अर्थात् १०-गिगाबिट सिमिट्रिकल प्यासिभ नेटवर्क अत्यन्त नयाँ फाइबर(अप्टिक ब्रोडब्यान्ड टेक्नोलोजी हो जसले १० न्दउक सम्मको डाउनलोड र अपलोड स्पिड प्रदान गर्दछ। हाल इन्टरनेट वितरणको लागि प्रयोग गरिने मुख्य विधि गिगाबिट प्यासिभ नेटवर्क (GPON) मा आधरित छ। हाल, Gigabit Passive Optical Network (GPON) प्रविधि इन्टरनेट वितरणको लागि प्रयोग गरिने प्राथमिक विधि हो जसको अधिकतम डाउनलोड गति 2.4 Gbps र 1.2 Gbps को अपलोड गति छ। अब XGS(एइल् को लन्चसँगै ग्राहकहरूले १० Gbps सम्मको सिमिट्रिक अपलोड र डाउनलोड स्पिड प्राप्त गर्न सक्नेछन्।
भायानेट कम्युनिकेसनले नेपालको पहिलो २ जीबीपीएस इन्टरनेट सेवा उपलब्ध गराउन यो प्रविधि छनोट गरेको हो। XGS-PON मार्फत कम्पनीले नेपाललाई इन्टरनेटको नयाँ युगमा प्रवेश गराउने विश्वास लिएको छ। अब ग्राहकहरूले तीव्र गतिको डाउनलोड र अपलोडका साथै सिमलेस स्ट्रिमिङ र उत्कृष्ट गेमिङको अनुभव लिन सक्नेछन्। यसले कम्पनीलाई भर्चुअल रियालिटी, हाई रिजोलुसन भिडियो स्ट्रिमिङ, मल्टि-डिभाइस भिडियो स्ट्रिमिङ र क्लाउड कम्प्युटिङ जस्ता नयाँ-नयाँ इन्टरनेटको प्रयोगको लागि तयार राख्ने छ।
हालका लागि नयाँ ह्न्क् फाइबर प्रविधिमा आधारित उत्पादनहरूको XGS-Extreme लाइन अप काठमाडौं उपत्यकाका चुनिएका क्षेत्रहरूमा मात्र उपलब्ध छ। यद्यपि भायानेट छिट्टै आफ्ना ह्न्क् उत्पादनहरूको कभरेज उपत्यकाभरी बनाउन प्रतिबद्ध रहेको छ।
भायानेट कम्युनिकेसन नेपालमा अत्याधुनिक प्रविधि र उत्कृष्ट सेवाहरू उपलब्ध गराउन सधैं प्रतिबद्ध रहेको छ र XGS-Extreme भायानेटले विगतमा ल्याएका केही अग्रगामी आविष्कारहरूको निरन्तरता हो। सन् २०११ मा भायानेटले नेपालमा पहिलो पटक फाइबर-टू-द(होम प्रविधि ल्याएर देशको इन्टरनेटको क्षेत्रमा परिवर्तन ल्यायो। त्यस्तै सन् २०१६ मा नेपालको पहिलो आईपीटीभी सेवाको सुरुवातसँगै यसले नेपालीहरूको टिभी हेर्ने अनुभवलाई सदाका लागि परिवर्तन गर्यो। कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवाहरू प्रदान गर्न उन्नत प्रविधि र पूर्वाधारमा लगानी जारी राख्ने योजना बनाएको छ।
'हामीले गर्ने सबै कुराको केन्द्रमा हाम्रा ग्राहक रहेका छन्। र उनीहरूको इन्टरनेटका आवश्यकताहरू समयसँगै विकसित हुँदै गएको कुरा हामीले बुझेका छौँ। XGS X-treme हामी नेपालमा नवीनतम प्रविधि मार्फत देशमा सबैभन्दा छिटो गतिको इन्टरनेट सेवा प्रदान गर्न र उत्कृष्ट सेवाहरू ल्याउने हामी प्रतिबद्ध छौँ भन्ने कुराको अर्को एउटा उदाहरण हो,' भायानेट कम्युनिकेसन्सकी सीईओ सेवा पाठकले भन्नु भयो।
सन् १९९९ मा स्थापना भएको भायानेट कम्युनिकेशन लि- नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकहरू मध्ये एक हो।
प्रतिक्रिया