काठमाडौँ- विद्युतीय गाडी ६ अर्बको आयात हुँदा डिजेल पेट्रोलका १ अर्ब ८४ करोड रुपैयाँको आयात भएको छ।
भन्सार विभागको तथ्यांक अनुसार फागुन महिनासम्म पेट्रोलियम इन्धनका गाडीको तुलनामा विद्युतीय गाडीको आयात बढेको हो।
सरकारले डिजेल पेट्रोलका गाडी आयात प्रतिबन्ध लगाउँदा विद्युतीय गाडीको आयात बढेको हो। गत वैशाखदेखि मंसिरसम्म पेट्रोलियम गाडीको आयात प्रतिबन्ध थियो।
फागुन महिनासम्मको तथ्यांक अनुसर ६ अर्ब १६ अर्ब रुपैयाँका विद्युतीय गाडी भित्रिएका छन्। जसमा १०० किलोवाटसम्मका १९ सय ५९ वटा आयात भएका छन्। २०० किलोवाटसम्मका ४४ वटा र ३०० किलोवाटसम्मका ६ वटा आयात भएका छन्।
त्यस्तै, डिजेल र पेट्रोलका गाडी ११ सय १६ वटा आयात भएका छन्। जसमा ७८८ वटा पेट्रोल र ३२८ वटा डिजेलका निजी प्यासेन्जर गाडी आयात भएका छन्।
प्रतिक्रिया