काठमाडौं- कुनै बेला नेपाली तथा भारतीय बजारमा धमाका मच्चाएको हिरो करिज्मा पुनः बजारमा आउने भएको छ ।
कम्पनीले केही समयअघि हिरो करिज्माको उत्पादन बन्द गरेको थियो ।
भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले करिज्मा मोटरसाइकललाई नयाँ अवतारमा ल्याउने रिपोर्ट बाहिर आएको छ ।
रिपोर्टका अनुसार नयाँ अवतारको हिरो करिज्माको परीक्षण गरिरहेको छ भने केही समयमा यो मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । कम्पनीले यही वर्षको अन्तिमसम्ममा नयाँ पावरट्रेनको साथ हिरो करिज्माको नयाँ भर्सन ल्याउने अनुमान गरिएको छ ।
नयाँ प्लेटफर्ममार्फत निर्माण हुने यो मोटरसाइकललाई प्रिमियम स्पेस ब्राण्डमा बिस्तार गर्न उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
हिरोले नयाँ करिज्मा २१० सीसीमा बनाउने र यो सिंगल सिलिन्डर, लिक्विड कुल्ड, फ्युल इन्जेक्टेड इन्जिनमा हुनेछ । यो इन्जिनले अधिकतम २५ बीएचपी र ३० एनएम टर्क उत्पादन गर्नेछ भने यसमा ६ स्पीडको गियरबक्स दिइने उल्लेख छ ।
नयाँ करिज्माको डिजाइन केही हदसम्म पुरानोसगँ मिल्दोजुल्दो हुनसक्ने प्रतिवेदनमा उल्लेख गराएको छ । यसको बारेमा अन्य जानकारी भने कम्पनीले खुलासा गरेको छैन ।
प्रतिक्रिया