पोकर रन को १३ औं सस्करण नयाँ वर्षमा

आइतबार, १२ चैत्र २०७९, १४ : ११

काठमाडौं-  नयाँ वर्ष २०८० को अवसर पारेर पोकर रन को १३ औं सस्करण आयोजना हुने भएको छ । 

१३ औं पोकर रनको मूख्य प्रायोजकमा अल्फा अटोवाइले विक्री गर्ने रोयल इनफिल्ड मोटरसाइकल रहेको छ ।

अल्फा अटोमोवाइल र स्याफ्रेड समीटबीच एमओयू साइन भएको छ । १३ औं पोकर रन अल्फा अटोमोवाइलको मूख्य प्रायोजनमा स्याफ्रेड समिटले आयोजना गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

क्लासीक मोटरसाइकल प्रेमिहरुले नेपाली नयाँ वर्षलाई स्वागत गर्दै महान उत्सवको रुपमा मनाउन उक्त पोकर रन नेपाल कार्यक्रम आयोजना गर्दै आएका छन् ।


पोकर रन काठमाडौंदेखि पोखरासम्मको हुनेछ भने यो राइडमा रोयल इनफिल्डका मोटरसाइकल चालक मात्र सहभागी हुन पाउने छन् ।

आइतबार, १२ चैत्र २०७९, १४ : ११

प्रतिक्रिया