काठमाडौं- जेसीबी नेपाल र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी संघको सहकार्यमा एकदिने ुप्रोडक्ट टेक्निकल ट्रेनिङु सम्पन्न भएको छ ।
चैत १० गते सानोठिमी भक्तपुरमा अयोजना गरिएको सो कार्यक्रममा देशका विभिन्न स्थानबाट आएका ३५ भन्दा बढी हेभी इक्विपमेन्ट मेकानिक व्यवसायीको सहभागिता रहेको थियो ।
हेभी इक्विपमेन्टका क्षेत्रमा विकास भएको पछिल्लो प्रविधिका वारेमा मेकानिक्सलाई ट्रेनिङ प्रदान गरिएको संघका अध्यक्ष नेत्र बहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार नयाँ इक्विपमेन्टमा प्रयोग भएको हाइड्रोलिक र इलेक्ट्रिकल विषयमा केन्द्रित रहेर ट्रेनिङ प्रदान गरिएको हो । कार्यक्रममा सहभागी हुन दाङ, बुटवल, नेपालगन्ज, नारायणघाट, वर्दिवास र इटहरीबाट मेकानिक्सहरु आएका थिए ।
मेकानिक्सहरुको क्षमता अभिवृद्धि गर्न संघले यसअघि पनि विभिन्न हेभी इक्विपमेन्ट बिक्रेताहरुसँग सहकार्य गरी तालिम आयोजना गर्दै आएको अध्यक्ष अधिकारीले वताए । ‘बजारमा आएका नयाँ मेसिनमा उपलब्ध प्रविधिका बारेमा मेकानिक्सलाई जानकारी दिन यसप्रकारको ट्रेनिङले निकै ठूलो सहयोग पुर्याउँदै आएको छ । आगामी दिनमा पनि सवै हेभी इक्विपमेन्ट बिक्रेतालाई ट्रेनिङ आयोजना गर्न आह्वान गर्दछु’ उनले भने ।
प्रतिक्रिया