हंशराज हुलास चन्द एण्ड कम्पनीले ल्यायो नयाँ वर्षमा बिशेष अफर

सोमबार, १३ चैत्र २०७९, १० : २५

काठमाडौं-  बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष स्कीम ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्ष २०८० लक्षित गर्दै नयाँ वर्ष अफर ल्याएको हो ।

बजाजको नेपाली बजारमा २५ वर्ष पुगेको अवसरमा नयाँ वर्ष स्कीम सार्वजनिक गरेको हो । कम्पनीले नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्ज जस्ता सुविधा सहितको नयाँ वर्ष स्कीम ल्याएको हो ।

कम्पनीका अनुसार नगदमा मोटरसाइकलमा किन्न चाहाने ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउने छन् । त्यस्तै, फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् ।


त्यसैगरी, यो स्कीममा भाग्यशाली विजेताले लक्की ड्रमार्फत १ किलो चाँदी जित्न सक्नेछन् । बजाजले नेपाली बजारमा १ लाख ९५ हजार ९०० रुपैयाँदेखि ६ लाख ५४ हजार ९०० रुपैयाँसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ ।

सोमबार, १३ चैत्र २०७९, १० : २५

प्रतिक्रिया