१० नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार पार्दै होन्डा

सोमबार, १३ चैत्र २०७९, १४ : ०६

काठमाडौँ - जापनिज टु ह्विलर निर्माता होन्डाले भारतीय बजारलाई लक्षित गरी १० वटा नयाँ मोडलका इलेक्ट्रिक टु ह्विलर तयार गरिरहेको छ । यी नयाँ टु ह्विलरलाई एक दशकभित्र लन्च गरिसक्ने र विस्तारै पेट्रोल इन्जिनको बजारलाई विस्थापित गर्ने योजना होन्डाले वनाएको छ ।

 विभिन्न पावरट्रेन, स्पिड र वडी टाइपमा आउने यी टु ह्विलरमा स्वापेवल र फिक्स्ड प्रकारको व्याट्री उपलब्ध हुनेछ । होन्डाले अहिले जीजेएनए र के४विए गरी दुईवटा कोड नेम दिएर नयाँ इलेक्ट्रिक मोटरसाइकल एवं स्कुटर तयार गरिरहेको हो ।

इलेक्ट्रिक टु ह्विलरको बजार बढ्दै गएपछि होन्डाले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटरका रुपमा एक्टिभालाई अर्को वर्ष लन्च गर्ने तयारी गरिरहेको छ । लगत्तै अर्को नयाँ स्कुटर पनि लन्च गर्ने र यी दुई स्कुटरको उत्पादन पहिलो वर्षमा १ लाख ५० हजार पुर्याउने कम्पनीको योजना छ ।

इलेक्ट्रिक टु ह्विलरमा आक्रमक वनेर आउने तयारी गरिरहेको कम्पनीले व्याट्री स्वापेवलका लागी होन्डा पावर प्याक इनर्जी इण्डिया प्रालि नामको कम्पनी खडा गरिसकेको छ । यो कम्पनीले हाल इलेक्ट्रिक थ्री ह्विलरका लागी व्याट्री स्वापेवल सम्वन्धी सेवा दिँदै आएको छ ।

सोमबार, १३ चैत्र २०७९, १४ : ०६

प्रतिक्रिया