एसयूभी मुफासाको कन्सेप्ट सार्वजनिक

१ बर्ष अगाडि

काठमाडौं-  कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले नयाँ मिडसाइज एसयूभी मुफासाको कन्सेप्ट सार्वजनिक गरेको छ । अफरोड एशोसरिजसहित देखाइएको मुफासा कन्सेप्ट एड्भेन्चर मोडल हो ।

मुफासा कन्सेप्टको प्रोडक्सन भर्सन भने आगामी अप्रिलमा हुने संघाई अटो शो २०२३ मा सार्वजनिक हुने अनुमान गरिएको छ ।

हुन्डाईको मुफासा कन्सेप्टमा व्ल्याक फिनिस भएको ठूलो साइजको फ्रन्ट ग्रिल, मेटालिक सेड भएको प्रमिनेन्ट फ्रन्ट बम्पर, अग्रेसिभ लाइटिङ देख्न सकिन्छ ।


यसको साइड प्रोफाइलमा अर्मोड स्टाइलको प्यानेलीङ, बाक्लो ह्वील आर्क, व्ल्याक आउट पिल्लर, एलइडी लाइटसहितको फङ्सनल रुफ र्‍याक, अलटेरेन टायर सहितको १८ इन्चको ह्वील रहेको छ ।

रियर विण्डोमा स्पोर्टी एसयूभी देखाउने ग्रिल प्रयोग भएको छ । यसको बडी प्रोफाइल निकै आकर्षक देखिन्छ । त्यस्तै, रियरमा फुलविथको एलइडी टेल लाइट तथा चंकी बम्पर पाउन सकिन्छ ।

हुन्डाई मुफासाको लम्बाई ४४७५ एमएम, १८५० एमएमको चौडाई र १६८६ एमएमको उचाई रहेको छ । यसको इन्टेरियर सार्वजनिक नभएपनि प्रिमियम र हाइटेक फिचर लोडेड हुने अनुमान गर्न सकिन्छ ।

यसमा २.० लिटर क्षमताको पेट्रोल इन्जिन प्रयोग हुने अनुमान गरिएको छ । उक्त इन्जिनले १५८ हर्सपावर प्रदान गर्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया