आइमा इलेक्ट्रीकको नयाँ वर्ष स्कीम सार्वजनिक

शुक्रबार, १७ चैत्र २०७९, ११ : १८

काठमाडौं- आइमा इलेक्ट्रीकले नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ ।

आइमा इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हिमाल ईभी मोटर्सले ‘नयाँ वर्षको बहार आइमामा उपहार’ नामक अफर ल्याएको हो ।

कम्पनीका अनुसार नयाँ वर्ष स्कीम अन्तर्गत आइमाका स्कुटरको खरिदमा २५ हजार रुपैयाँ छुट प्राप्त हुनेछ ।


कम्पनीले आइमा टाइगर एस ३ मा २४ हजार नगद छुट तथा टाइगर एस ६११ मा २५ हजार नगद छुटको ब्यवस्था गरेको हो ।  टाइगर एस ३ को मूल्य १ लाख ८४ हजार र टाइगर एस ६११ को मूल्य ३ लाख ३३ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

यी दुवै मोडलहरूको छुट पछिको मूल्य क्रमशः १ लाख ६० हजार र ३ लाख ५ हजार मात्र हुनेछ ।

यो स्कीममा ग्राहकहरूले हरेक स्कुटरको खरिदमा एउटा हेलमेट साथै एक वर्षको करसमेत आइमाको तर्फबाट उपहार स्वरुप उपलब्ध प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको यो स्कीममा ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ इलेक्ट्रीक स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् ।

यो योजना वैशाख ३१ गतेसम्म  लागू हुने कम्पनीले जनाएको छ ।

शुक्रबार, १७ चैत्र २०७९, ११ : १८

प्रतिक्रिया