मिडसाइज एसयूभीको प्रि-बुकिङ खुल्ला

१ बर्ष अगाडि

काठमाडौं-  होन्डा कार इन्डियाले आफ्नो पहिलो मिडसाइज एसयूभीको प्रि-बुकिङ खुल्ला गरेको छ ।

 कम्पनीले यो एसयूभी यही वर्ष भित्रै सार्वजनिक गर्ने तयारीसहित बुकिङ खुल्ला गरेको हो ।

होन्डाको यो एसयूभी नोभेम्बर २०२२ मा विश्वव्यापी रूपमा अनावरण गरिएको नयाँ जेनेरेसनको डब्ल्यूआर(भीबाट निकै प्रभावित भएको देखिएको छ । यो अमेज कम्प्याक्ट सेडानमा भएको आर्किटेक्चरको परिमार्जित संस्करणमा आधारीत हुने जनाइएको छ ।

यसमा १.५ लिटरको फोर सिलिन्डर आइ-भीटीईसी पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन अप्सन सहितको १.५ लिटर स्ट्रङ हाइब्रिड पेट्रोल इन्जिन रहेको छ ।


क्याबिनमा नयाँ इलेक्ट्रोनिक आर्किटेक्चरको साथमा फराकिलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पाउन सकिन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया