काठमाडौं- नेपाली नयाँ वर्ष २०८० को सुरुवातमा नै सिट्रोनले आफ्नो भारतमा बनेको ह्याचव्याक कार सीथ्री नेपाल आउने भएको छ । सिट्रोनको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले बैशाखमा सीथ्री नेपाल ल्याउने भएको हो ।
कम्पनी स्रोतका अनुसार यही साता सीथ्री नेपालको लागि हिड्ने छ । त्यसपछि केही प्रविधिक काम सकेर आगामी बैशाख महिनाको मध्यसम्ममा सीथ्रीको विक्री सुरु हुनेछ ।
‘हामीले अप्रिलमा नै यसको विक्री सुरु गर्ने तयारी गरेका छौं । अर्डर ढिला जाँदा आयात खुलेपछि पनि केही समय लाग्यो । अब यही साता नेपालको लागि सीथ्री हिड्न लागेको छ’, साँग्रिला मोटर्स स्रोतले भन्यो ।
सुरुमा कम्बस्चन इन्जिन युक्त सीथ्री नेपाल आउने छ । त्यसको उक महिनापछि इलेक्ट्रीक सीथ्री आउने कम्पनीले जानकारी दिएको छ ।
प्रिमियम ह्याचव्याक सेग्मेन्टमा आउने सीथ्रीको मूल्य ३० लाखदेखि ४० लाख रुपैयाँसम्म रहने अनुमान गर्न सकिन्छ । यसको एकिन मूल्य थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।
प्रतिक्रिया