राप्रपाले टुंगो लगायो उप निर्वाचनका उम्मेदवार

आइतबार, १९ चैत्र २०७९, १४ : ५९

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न उप निर्वाचनका उम्मेदवार टुंग्याएको छ । पार्टीको संसदीय समितिको आइतबार बसेको बैठकले उपनिर्वाचन हुने क्षेत्रहरुमा उमेदवार टुंगो लगाएको स्रोतले जनाएको छ । 

नेता श्रेष्ठका अनुसार राप्रपाले तनहुँ–१ मा शोभा गुरुङ, चितवन–२ मा जीबलाल पुरी र बारा–२ मा सोनेलाल साहलाई उमेदवार बनाउने निर्णय गरेको हो ।

चितवन–२, बारा–२ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि निर्वाचन आयोगले चैत २० गते उम्मेदवारी मनोनयनको समय निर्धारण गरेको छ ।

आइतबार, १९ चैत्र २०७९, १४ : ५९

प्रतिक्रिया