गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक

सोमबार, २० चैत्र २०७९, १२ : २२

काठमाडौं-  गौतम डंगोलको ‘स्वर्ग सरी इलाम’ बोलको गीत सार्वजनिक भएको छ । उक्त ‘स्वर्ग सरी इलाम’ बोलको गीतले इलाम जिल्लाको पर्यटन व्यवसाय र संस्कृतिको जोगेर्ना गर्न टेवा पुगेको निर्माताले जनाएका छन् ।

डंगोलको शब्द रहेको सो गीतमा विशन निरौलाको संगीत रहेको छ । गीतमा विशन निरौला र झुमा निरौलाको स्वर रहेको छ । गीतको भिडियो पनि बनेको छ । उक्त गीतको भिडियोको निर्देशन अञ्जन शर्माले गरेका हुन् । उक्त गीतको भिडियोको छायांकन राम केसी र उनको टोलीले गरेका हुन् भने राकेश दाहालले सम्पादन गरेका हुन् ।

भिडियोमा विबास रेग्मी, समजना सापकोटा, दीपक पराजुली, मेनु कुमाइ लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

https://youtu.be/CHwCYyfYees

सोमबार, २० चैत्र २०७९, १२ : २२

प्रतिक्रिया