काठमाडौं- ग्रेट वाल मोटर (जीडब्ल्यूएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भीजी इम्पेक्स प्रालिले ‘हर्षमय नव वर्ष २०८०’ अफर ल्याएको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।
कम्पनीका अनुसार यो अफर अन्तर्गत ग्राहकले जीडब्ल्यूएमका सबै मोडलका गाडीहरूको खरीदमा ५ लाख बराबरको फाइदा पाउने छन् ।
जसमा आकर्षक नगद छुट, स्पेशल सेलिब्रेशन डिस्काउन्ट र अन्य आकर्षक अफरहरू रहेका छन् ।
साथै, हरेक जीडब्ल्यूएम गाडीको खरिदमा ग्राहकले निःशुल्क एक्सेसोरिज, ५ वर्षको वारेन्टी, स्पट भ्यालुएसन, एक्सचेन्जको बोनस र ३ वर्षको निःशुल्क सर्भिस सेवा पाउने छन् ।
प्रतिक्रिया