काठमाडौं- जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले भारत सगैँ नेपाली बजारमा समेत एकदमै सफल रहेको मोडल होन्डा साइन एसपीको नयाँ भर्सनमा सार्बजनिक गरेको छ ।
कम्पनीले बीएस ६ फेज कम्प्लायन्ट इन्जिनमा साइन एसपी भारतीय बजारमा सार्वजनिक गरेको हो ।
कम्पनीले नयाँ भर्सनका साथै यसमा केही फिचरहरु समेत थप गरेर अपडेटेड भर्सन सार्बजनिक गरेको हो ।
योसँगै होन्डा साइन एसपी ८० प्रतिशत पेट्रोल र २० प्रतिशत इथानोल फ्युल प्रयोग गरेर चलाउन सकिने भएको छ ।
कम्पनीले नयाँ भर्सन मोटरसाइकलमा नयाँ ग्राफिकसँगै ५ नयाँ कलर अप्सनमा एसपी ल्याएको हो । कम्पनीले एसपीको माइलेज बढाउनका लागि पीजीएम एफआई सिस्टमको समेत प्रयोग गरिएको छ । यो सिस्टमको प्रयोगले इन्जिनले औसत मात्रामा फ्युल र एयर को मिक्सचर प्रदान गर्छ जसले माइलेज बढाउँन मदत गर्छ ।
प्रतिक्रिया