दुगड ब्रदर्स एन्ड सन्सले नयाँ वर्षमा अफर ल्याउदैँ

मंगलबार, २१ चैत्र २०७९, १५ : ४८

काठमाडौं – नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले नयाँ वर्ष २०८० को अवसरमा अफर ल्याएको छ ।

यस अनुसार भेस्पा र अप्रिलियाका कुनै पनि मोडलका स्कुटर किन्दा १० हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । त्यसैगरी पुरानो कुनै पनि ब्रान्डसँग साट्दा १० हजार रुपैयाँ थप भ्यालुएसन हुनेछ । स्कुटर किन्दा ब्रान्डेड हेल्मेट र किरिङ समेत उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

भेस्पा र अप्रिलिया स्कुटर किन्नका लागि ५ प्रतिशत सम्मको ब्याजदरमा फाइनान्स सुविधाको समेत व्यवस्था छ ।


नेपाली बजारमा विभिन्न मोडलका भेस्पा र अप्रिलिया ब्रान्डका स्कुटर उपलब्ध छन् ।

मंगलबार, २१ चैत्र २०७९, १५ : ४८

प्रतिक्रिया