हुन्डाईले हात पार्‍यो कार अफ दी इयर अवार्डको उपाधि

विहीबार, २३ चैत्र २०७९, १२ : २९

काठमाडौं- दक्षिण कोरियाली अटोमेकर हुन्डाईले २०२३ को वर्ल्ड कार अफ दी इयर अवार्डको उपाधि हात पारेको छ । हुन्डाईको आयोनिक ६ इलेक्ट्रीक कारले यो अवार्ड जितेको हो ।

आयोनिक ६ ले सर्टलिस्ट गरिएका बीएमडब्ल्यू एक्स १, आइएक्स १ र किया निरोलाई पछिपार्दै कार अफ द इयर अवार्ड जितेको हो ।

यससँगै हुन्डाइले वर्ल्ड कार अफ द इयर अवार्डको लगातार दोस्रो वर्ष पनि जित्न सफल भएको छ । गत वर्ष पनि हुन्डाइ आयोनिक ५ ले वर्ल्ड कार अफ दी इयर २०२२ अवार्ड जितेको थियो । गए राति घोषणा गरिएको यस अवार्डका लागि ३५ देशका १०५ जनाको निर्णायक समितिले भोट गरेको थियो ।


आयोनिक ६ ले कार अफ दी इयर २०२३ सँगै वर्ल्ड डिजाइन कार अवार्ड र वर्ल्ड इलेक्ट्रीक भेहिकल अवार्ड २०२३ समेत गरी तीन वटा विधामा अवार्ड जितेको छ ।


आयोनिक ६ ले बीएमडब्ल्यू आइ ७ र लुसिड एयरलाई उछिन्दै वर्ल्ड इलेक्ट्रीक भेहिकल अवार्ड जितेको हो भने रेन्ज रोभर र लुसिड एयरलाई पछिपार्दै वर्ल्ड डिजाइन ट्रफी हात पारेको हो ।

यसैबीच, हुन्डाइ ग्रुपकै अर्को कार किया ईभी ६ जीटीले भने वर्ल्ड पर्फमेन्स कार अवार्ड पाएको छ ।

हुन्डाई मोटर कम्पनीका कार्यकारी उपाध्यक्ष, हुण्डाई र जेनेसिस ग्लोबल डिजाइन सेन्टरका प्रमुख, साङ्गयुप लीले यसअघि नै वर्ष २०२३ को वर्षको उत्कृष्ट व्यक्तिको अवार्ड जितिसकेका छन्।

विहीबार, २३ चैत्र २०७९, १२ : २९

प्रतिक्रिया