होन्डाले ल्यायो आकर्षक अफर

शुक्रबार, २४ चैत्र २०७९, १४ : ३५

काठमाडौं- चर्चित मोटरसाइकल तथा स्कुटर ब्राण्ड होन्डाले नयाँ वर्ष अफर ल्याएको छ ।

नेपालको लागि होन्डाको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले नयाँ वर्ष २०८० को अवसरमा ‘चुज योर स्कीम’ अफर ल्याएको हो ।

यस स्कीम अन्तर्गत ग्राहकले होन्डाको स्कुटर तथा मोटरसाइकल खरिद गर्दा स्क्र्याच कुपनमार्फत १ लाखसम्म नगद जित्न सक्नेछन् ।


साथै, ग्राहकले एक्स्ट्रा तीन स्कीम मध्ये आफूले इच्छाएको एउटा स्कीम समेत छान्न पाउने रहेको छ । तीन स्कीम अन्तर्गत, मोटरसाइकल खरिद गर्दा ग्राहकले फ्रीमा स्पेयर पार्टस, इन्जिन आयल र ८ हजारसम्मको २ वर्ष सर्भिसिङ, एडिस्नल स्क्र्याच अपटु १० हजार र ५ वर्षसम्म १२ हजार ५०० सम्मको एनुअल मेन्टिनेन्स कन्ट्रयाक्ट (एएमसी) जस्ता अफरहरू रहेका छन् ।

यो अफरमा भने शर्तहरू लागू हुने कम्पनीले जनाएको छ ।

शुक्रबार, २४ चैत्र २०७९, १४ : ३५

प्रतिक्रिया