हिरोको नयाँ वर्ष अफरमा आकर्षक छुट

शुक्रबार, २४ चैत्र २०७९, १४ : ५०

काठमाडौं-  चर्चित दुईपांग्रे ब्राण्ड हिरोले नयाँ वर्ष अफर ल्याएको छ ।

 कम्पनीले नेपाली नयाँ वर्षको अवसरमा ‘यस २०८० सालमा, चढ्नुहोस् हिरो स्टाइलमा’ स्कीम ल्याएको हो ।

यस स्कीम अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोडलको मोटरसाइकल वा स्कुटरको किन्दा ग्राहले स्क्र्याच कुपनमार्फत हातखाली नहुने गरी नगद छुट पाउने छन् । जसमा ग्राहकले कम्तीमा ७ हजारदेखि १ लाख रुपैयाँसम्म नगद डिस्काउन्ट पाउने छन् ।

साथै, ग्राहकले शून्य प्रतिशत डाउनपेमेन्टमै हिरोको मोटरसाइकल अथवा स्कुटर खरिद गर्न सक्नेछन् ।


त्यस्तै, ग्राहकले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग ५ मिनेटमै नयाँ साट्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो स्कीम चैत १९ गतेदेखि लाष्गू भएको यो स्कीम आगामी वैशाख १७ गतेसम्म मान्य हुनेछ ।

शुक्रबार, २४ चैत्र २०७९, १४ : ५०

प्रतिक्रिया