हुन्डाई कोना ईभीको २०२४ मोडल सार्वजनिक

आइतबार, २६ चैत्र २०७९, ११ : ५०

काठमाडौं-  हुन्डाई कोना ईभीको २०२४ मोडल सार्वजनिक भएको छ । न्यूयोर्क इन्टरनेसनल अटो शोमा उक्त ईभी सार्वजनिक गरिएको हो ।

कम्पनीले यो नयाँ ईभीमा फरक ब्याट्री क्षमता र पावर आउटपुटसहित सार्वजनिक गरेको हो । यस इलेक्ट्रीकमा प्रयोग भएको ब्याट्री साइज पनि अघिल्लो मोडलको तुलनामा केही ठूलो रहेको छ।

नयाँ कोना इलेक्ट्रीकमा दुई वटा ब्याट्री अप्सन दिइएको छ । यसमा ६४.८ किलोवाट आवरको ठूलो र ४८.६ किलोवाट आवरको सानो ब्याट्री प्याक पाउन सकिन्छ । यसको ६४.८ किलोवाट आवरको ब्याट्रीलाई एकपटकको फुल चार्जमा ४१८ किलोमिटर गुडाउन सकिन्छ ।

कोना ईभी नेपालमा पनि निकै रुचाइएको ब्रान्ड रहेको छ । यसलाई हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विक्री वितरण गर्दै आएको छ । २०२४ मोडल कोना इलेक्ट्रीक पनि नेपाल आउने सम्भावना भएको मोडल हो ।

आइतबार, २६ चैत्र २०७९, ११ : ५०

प्रतिक्रिया