नेपाल एयरलाइन्सको लापरबाहीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मागे स्पष्टीकरण

सोमबार, २७ चैत्र २०७९, २० : ३९

काठमाडौँ-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल एयरलाइन्सले लापरबाही गरेको भन्दै नेपाल वायु सेवा निगमका कर्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण मागेका छन् ।

उनले उनले निम्न प्रश्नहरु तेर्स्याउँदै  वायु सेवा निगमलाई  सुधारको खाका प्रस्तुत गर्न भनेका छन् ।

१. चार्टर फ्लाइटबाट निगमलाई आर्थिक भार के कति पर्न गएको हो ? स्पष्ट नभएकोले पुनः स्पष्ट बनाउने । 

२. नेपाल एयरलाइन्सको हवाइजहाजको दिल्लीमा पाङ्ग्रा बिग्रेको कारण जहाज उडानमा ढिलाइ भएको  सम्बन्धमा पाङ्ग्रा लगायत सानातिना पार्टपूर्जाको व्यवस्था निगमको उडान हुने गन्तव्यमा किन राख्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाडौँ दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो ? साथै यसबाट आर्थिक भार के कति पर्न गयो ?

३. काठमाडौँ दुबई सेक्टरमा पाइलटको अभावले जहाज उडानमा ढिलाइ भएको जानकारी प्राप्त भएको सन्दर्भमा जानकारी प्राप्त हुँदा हुँदै पाइलटको व्यवस्था किन गर्न नसकिएको हो  ? यसबाट संस्थालाई के कति आर्थिक भार पर्न गयो ?  

४. एयरपोर्टमा सामान हराइरहेका गुनासो बारम्बार आइरहेकोले सो लाई नियन्त्रण गर्ने कार्य योजना के कस्तो छ ? पेश गर्ने।

५. म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पद बहाली पश्चात टुइनेटर जहाज कति पटक ग्राउण्डेड भयो ? यसबाट संस्थालाई आर्थिक भार कति पर्न गयो ? अब आगामी दिनमा यस्तो हुन नदिने कार्य योजना हुनु पर्छ कि पर्दैन ? पेस गर्ने।

सोमबार, २७ चैत्र २०७९, २० : ३९

प्रतिक्रिया