दुई करोड प्रकरणबारे ढाकाकुमारसँग लिईयो एक घण्टाको बयान

मंगलबार, २८ चैत्र २०७९, १८ : २८

 काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी अनुशासन समितिले मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद ढाकाकुमार श्रेष्ठसँग दुई करोड प्रकरणबारे एक घण्टा बयान लिएको छ ।

श्रेष्ठले ‘स्वास्थ्यमन्त्री बन्नका लागि सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन’ भनी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । 

 रास्वपाले सोही दिन सांसद श्रेष्ठलाई एक सातासम्मका लागि निलम्बन गरेर छानबिन प्रक्रिया अगाडि बढाएको छ । 

 रास्वपा अनुशासन समितिका संयोजक भरतमणि देवकोटाले भने, ‘ ढाकाकुमार श्रेष्ठको आज बयान दिने काम भएको छ । पार्टी कार्यालयमा हामीले एक घण्टा बयान लियौं ।’ 

 बयानका क्रममा पनि सांसद श्रेष्ठले प्रस्टीकरणमै उल्लेख गरेको कुरा दोहो¥याएको देवकोटाले रातोपाटीलाई बताए ।

सोमबार साँझ पार्टीको ताकेतापछि श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका थिए । स्पष्टीकरणका अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको श्रेष्ठको दाबी छ । तर उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् । 

यस घटनामाथि छानबिन सकेर अनुशासन समितिले पार्टीको केन्द्रीय समितिलाई सुझाउने उनले बताए । समितिको सुझावलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार केन्द्रीय समितिलाई नै रहेका देवकोटाको भनाइ छ ।

मंगलबार, २८ चैत्र २०७९, १८ : २८

प्रतिक्रिया